Kirat Yakthung Chumlung (UK)

slFft- ofSy'I r'Dn'I o's]

बेलायतमा चासोक तङ्नाम २०१८

चासोक तङ्नाम लिम्बूजातिको प्रमुख चार्ड हो।

लन्डन -तारा बहादुर कन्दङ्वा

=================================================================

नेपाल एउटा राष्ट्र हो र यो देश आफैमा स्वाभिमान छ। विश्वको विभित इतिहासमा लेखकहरुले नेपाल लाई राख्न बाध्य भएका छन। प्राकृतिक सौर्न्दर्यताले ढाकिएको विभिन्न भौतिक संरचना साथै एतिहासिक पुरातात्त्विक विवेचना भएको मुलुक नेपाल भनी संसारमा परिचित छ। वाहुजाती, बाहु-संस्कृति र बाहु भाषी विभिन्नताको देवस्थल देश हो नेपाल । नेपालमा बसोबास गर्ने जातजातिहरु आ-आफ्नो जातिको संस्कार संस्कृतिमा केन्द्रित छन् । नेपालको बारेमा लेखिएका इतिहास अनुसार लगभग १२५ फरक जातिका मानिसहरु नेपालमा बसोबास गर्दछन। यी जातिहरुमा पनि प्रत्येक जातिको परापूर्वकाल देखि मानिपूजी ल्याएका मौलिक संस्कार संस्कृति र पहिचानहरु छन् । लिम्बूजाती पनि नेपालको मूलबासी जाती हो र यो जातिको भने अन्य जातजातिहरुको भन्दा नेपालमा छुट्टै इतिहास छ। लिम्बू जातिले नेपालको पूर्वभाग लिम्बुवान क्षेत्रमा आदिमकाल देखि राज्य गरेको इतिहास आजतक जिवित छ। नेपाल एकीकरण अभियान लागू गरेको वि.स. १७७४ देखि वि.स. २०१७ साल सम्म पनि लिम्बूले आफ्नो किपट थमौती गरेको प्रसङ्गमाथी नेपालको संविधान २०१९ ले सबुत गरेको देखिन्छ । लिम्बू जाती आफ्नो भाषा लिपि संस्कार संस्कृति भेष र भूषामा पहिचान बोकेको जाती हो। यो जातिले हरेक वर्ष आफ्नो जातिय संस्कारहरु आफ्नै दर्शनशास्त्र (Philosophy) अनुसार गर्ने गर्दछ। प्राचीन पूर्खाहरु बाट परम्परागतरुपमा गरिल्याएको प्रचलन अनुसार चासोक थिसोक वा तङ्नाम पनि लिम्बू जातिको प्रमुख संस्कार वा चार्डको रूपमा पर्दछ। यो नेपालको ऋतु परिवर्तनको समयमा उभौली र उधौली याममा सम्पन्न गरिन्छ । उक्त चार्ड लिम्बू जातिले स्वदेश र विदेशमा रहेका सम्पुर्ण लिम्बू समुदायले चासोक तङ्नाम भव्यरुपमा मनाउने गर्दछन।

===============================================================

बेलायतमा चासोक तङ्नाम २०१८

बेलायतमा विगत ई.स. २०१८, नभेम्बर ८ तारिक शनिवारका दिन किरात याक्थुङ चुम्लुङ केन्द्रको निर्देशनमा याक्थुङ चुम्लुङ बेलायतको शाखा बेजिङ्स्टक स्थित भब्यताका साथ चासोक तङ्नाम सप्पन्न भएको थियो। लिम्बू जातिको यो प्रमुख चार्ड (तङ्नाम) चासोक थिसोक वा तङ्नाम किरात याक्थुङ चुम्लुङ बेलायतका उपाध्यक्ष श्री नर वीर आङ्बोको बिशेष संयोजनमा आयोजना भएको थियो। उक्त आयोजित कार्यक्रममा विभिन्न संस्कृतिक धार्मिक विषयका सम्पुर्ण तर्जुमा  समेत उपाध्यक्ष आङ्बोको रहेको थियो। यस्ता जातिय एतिहासिक परम्परागतरुपका विशेषगरि चार्डहरुमा लिम्बूजातिले विभिन्न अन्य जातजातिका समुदायहरु बिच आदिमकालका एतिहासिक धार्मिक पारस्परिक बारेमा परस्पर  जातिहरु सङ्ग पनि नजिक र दीर्घकालीन सम्बन्ध कायम राख्नका निम्ति आमन्त्रित किरात राई या-योख्खा बेलायत, देवान चुम्मा बेलायत, जनजाती महासंघ बेलायत र बेजिङ्स्टोक नेपाली समाज बेलायतका प्रमुखहरुलाई पनि चासोक तङ्नाम २०१८ मा समावेश गर्‍याईएको थियो। कार्यक्रमको शुरूवात किरात याक्थुङ चुम्लुङ बेलायतका सचिव श्री विश्वदिप तिगेला बाट शुभराम्भ भएको थियो भने दिनको कार्यक्रम विशेष चासोक तङ्नाम लिम्बू जातिले मनाउनका मुख्य कारण के हो भन्ने बारेमा किरात याक्थुङ चुम्लुङ बेलायतका पूर्व महासचिव साथै वर्तमान किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष श्री छ्त्र वनेम बाट प्रस्तुत गरियो। यस विशेष दिनमा लिम्बूजातिको संस्कृतिक नृत्यनाटक कला प्रदर्शन भयो। उक्त संस्कृतिक नृत्य प्रदर्शनीमा ढोल नाच (के-लाङ) धान नाच (या-लाङ) त्यस्तै गरि जातिय लिम्बू भाषाका गितहरुमा नानिहरुको नाच ( वासिप-लाङ्ग) युवायुवतीहरु बाट रोचक नृत्य प्रस्तुत गरि दिन रमाइलो बनाउने कार्य भयो। यस दिन बेजिङ्स्टक शाखाबाट विभिन्न परिकारका खानपिन र जलपानको ब्यवस्थापन भएको थियो। यहाँ अन्य जातजातिहरुका समुदायका विशेष अतिथिकोरुपमा उपस्थित भएका सम्पुर्ण किरात राई या-योख्खा बेलायत, देवान याख्खा चुम्मा बेलायत, जनजाती महासंघ बेलायत र बेजिङ्स्टोक नेपाली समाज लगायतका प्रतिनिधिहरु बाट लिम्बू जातिको महान चार्ड चासोक तङ्नामको पुनित अवसरमा धन्यवाद साथै हार्दिक शुभकामना मन्तव्य दिनुभएको थियो। यो दिन समस्त उपस्थितहुने नेपाली मुलका सदस्यहरूको माझमा मात्र नभई अन्य जातिका सदस्यहरूलाई पनि चासोक तङ्नामको बारेमा लिम्बू जातिको महान चार्डको विशाल संकेत गर्‍यो। कार्यक्रम समापन समयको केही अगाडी किरात याक्थुङ चुम्लुङ बेलायतका वर्तमान अध्यक्ष श्री तिल बिक्रम सम्बाहाङफे बाट जातिय संस्कार संस्कृतिको संरक्षण गर्नुपर्दछ र आउने भाविसन्तानहरुलाई आफ्नो मौलिक पहिचानको बारेमा अभ्यास गराउन जरुरी छ। उक्त यो चुनौतीपूर्ण कार्यलाई संचालनमा ल्याउन तपाईं हाम्रो जिम्मेवारी साथै दायित्व पनि हुन आएको छ भन्ने आफ्नो आपत्तिलाई यस कार्यक्रममा सम्प्रेषण गर्नु भयो। २०१८ को चासोक तङ्नाम कार्यक्रममा दिनको शुरूवात भए देखि अन्त्यसम्म बराबर रमाइलोको वातावरणले ढाक्यो साथै उक्त कार्यक्रम प्रसंशनिय र सफलतापुर्बक पनि समापन भएको थियो।

=================================================================

चासोक थिसोक न्वागी पुजाको मुन्धुम र उत्पति

नेपालका मुलबासी जातिहरुको राष्ट्रिय पर्वकोरुपमा मनाउदै आएको उधौली पूजालाई आ-आफ्नो जातिको भाषा अनुसार पुकारिन्छ। किरात याख्खा जातिको भाषामा यो पूजा वा चार्डलाई "चासुवा" भनिन्छ । किरात राई भाषामा "साकेला"भन्छन् । किरात कोईच सुनुवार जातिले यहि पूजालाई "फोल्स्यादर" भनी मनाउदछन। लिम्बू जातिको भाषामा पनि "चासोक तङ्नाम" भनी पुकारिन्छ र यसको महत्त्व प्रमुख चार्डकोरुपमा मानिन्छ। लिम्बू जाती आफ्नो मौलिक संस्कृतिक सम्पदाले सम्पन्न  जाती पनि हो। कृषि जिवनशैलिका लिम्बूले ऋतु यामको परिवर्तनको साथसाथै खेतिपाती छरपोख गर्ने वा लगाउने क्रम पछि  र लगाएका खेतिपाती बालिनाली पाकेपछी बटुल्ने समयलाई परापूर्वकालबाट एक विशेष चार्डकोरुपमा मनाउँदै आएको पाइन्छ । मौसम र वनस्पतिको परिवर्तनहुने सम्बन्धमा आरु (Plum) फुल्न थालेपछि उभौलीको याम सुरु भयो भन्ने गरिन्छ। त्यसै गरि समय वातावरण र मौसम बिचको चक्करमा प्राकृतिक बनावटको हजारौं लाखौं फरक जातिको बनस्पतिहरु मध्ये पयुङ जातिको बोट फुल्न सुरु गरेको याम र त्यसको साथसाथै खोला नदिनालामा माछाहरु, आकाशमा चराचुरुङ्गीहरु दक्षिण दिशातर्फ लाग्न सुरुगरेपछी यो अवस्थाको ऋतुलाई उधौली याम सुरु भएको ठानिन्छ । उभौली समयमा अन्य जातजातिले पनि हरेक घरधुरी जम्मा भएर सामुहिक पूजा गर्ने गर्दछन। यो पूजालाई घरधुरी भेला भएर पूजा गरिने भएकोले यसलाई नेपाली भाषामा धुर पूजा पनि भनिन्छ। लिम्बू जातिले पनि यो उभौलीको याममा अन्नबाली छरपोख गर्न अगाडि सिमे भुमे, नाग नागेनी, साची राखेर जङ्गलि तस्करहरु नलागोस, खेतीकमाइ गर्नका लागि मौसम राम्रो होस् र लगाएको कृषि कमाई राम्रो उब्जनी होस् भनेर धुर वा लिम्बू भाषामा यक्वा थामा पूजा गर्ने लिम्बू समुदायमा परम्परागतरूपमा गर्दै ल्याएको छ। लिम्बू समुदाय भित्र उभौली र उधौली याममा सम्पन्न गरिने विशेष चार्ड पर्वहरु कृषिका कार्यहरु सङ्ग सम्बन्धित छन् । खनी खोस्री अन्नपात छरपोख बालिनाली लगाएको परिश्रमको विभिन्न आय आर्जन गर्ने उधौली याममा हुने गर्दछ र विविध अन्नपात साथै मौसम उपयुक्त हुने भएको हुनाले लिम्बू जातिले चासोकलाई न्वागिपूजा (चासोक तङ्नाम) को रूपमा मनाईने गरिन्छ। लिम्बू जातिको भाषामा "चासोक" को अर्थ न्वागी र "तङ्नाम" को अर्थ उत्सव वा चार्डपर्व हुन्छ। याकथुङ्बा लिम्बू जातिको मुन्धुममा चासोक थिसोक पूजा आजा आराधना गर्दा साम्जिक मुन्धुम फुङ्जिरी साम्बा, फक्तिङ्बा साम्बा, मुकु साम्बा र सावारा साम्बाहरुले उत्पत्तिको बर्णन वा बखान गर्ने गर्दछन। कृषिको बिकाश साथै मानव सभ्यताको (Human Civilization) समय युग अगाडी इतिहास र मुन्धुमी दुबै मतबाट स्पष्ट भए अनुसार लिम्बू जातिको आदिम पूर्खा सावायेतहाङहरु बोटबिरुवाका फलफूल तरुल भ्याकुर कन्दमुलहरु काचै खाएर जिवनयापन गर्ने गर्थे र जसका कारणले कुपोषण साथै रुघाखोकी हैजा आदिबाट रोगब्याधिको शिकार हुन्थ्ये। यी पिडादायी र कठिन परिस्थिति (Agonising Circumstances) बाट  स्वतन्त्र वा मुक्ती प्राप्तिको लागि उनिहरुले सृष्टिकर्ता सर्वशक्तिमान तागेरानिङ्वाफुमाङ (प्राकृति) को पूजाआजा गरे। तागेरानिङ्वाफुमाङ सृष्टिका बिधाता उनको कृपया बाट कोदो ( पेना/माङ्दक) कोदो सङ्गै फल्ने बिरुवा (परामा) घैया धान (ताक्मारु) जुनेलो (तुम्री) साङ्घामा, लिङ्घामा र लङ्वामा आदि अन्नका बिउबिजनहरु प्राप्त भयो। आदिम पूर्खा सावायेतहाङ्हरुले प्राकृतिबाट यसरी पाएका बिउबिजन तिनका चेली सिवेरा एक्थुक्मा/ सिवेरा याबुङकेक्माले जमिन खन्नका लागि काठको खन्ती र अङ्कुसेले खोरिया फाडेर भस्मेमा छरिन। यसरी नै सावायेतहाङहरुले बालिनाली खेतिकिसान गर्न सिके। उनिहरुले जब खेतीपाती गर्न थाले पछि मौसमको परिक्रमा र वातावरणको परिवर्तनमा उधौली याममा डडेलो वा आगोलागी भयो । उक्त आगोलागि हुदा चेली सिवेरा एक्थुक्मा / सिवेरा याबुङकेक्माले पाकेका बालिनाली आगोलागिबाट डढेर केही जमिनमा बाकी रहेको अन्न खोजी खादा पाएको ज्ञान् गुठिबाट फलेको अन्न आगोमा पकाएर खान सुरु गरे। त्यहा बाट सावायेतहाङहरुका सन्तानले काचै खाएर विविध रोगब्याधिहरुको शिकार हुन बाट मुक्त भए। खेतिकिसान गरेर फलेको अन्नबाली पोलेर पकाएर खानका लागि ज्ञान् गुठी दिने आफ्नो चेलिदेखी नया शिक्षाको प्राप्तिमा अत्यन्तै खुशी भएर सावायेतहाङहरुले चेली सिवेरा एक्थुक्मा / सिवेरा याबुङकेक्मालाई पहिले भागलगाएर वा चढाएर मात्र खान पाउने बाचा गरे। यसरी कृषिको बिकास युगदेखी न्वागी परम्परा बसेको लिम्बू जातिको मुन्धुम सावा, साम्बा येवाहरुको मुन्धुममा उल्लेख गरिन्छ। लिम्बू समुदायमा परापूर्वकालबाट विशेषगरी यो न्वागी पूजा (चासोक तङ्नाम) साम्बा येवा फेजिकुम फेदाङ्माहरु बाट गराउने र गर्ने गरिन्छ। फेदाङ्मा साम्बा येवाहरुको मुन्धुमबाट कृषि-भुमी सम्बन्धि सुधार सभ्यता (Agrarian Civilization) ल्याउने चेली सिवेरा एक्थुक्मा/ सिवेरा याबुङकेक्मा प्रती बल शक्ति ( ला-सक्मा नाम- सक्मा) मागी कृतज्ञता व्यक्त गर्नका लागि न्वागी पूजा ( चासोक तङ्नाम) गर्दै आएको देखिन्छ। यो न्वागी पूजा (चासोक तङ्नाम) गर्दा फेजिकुम फेदाङ्मा येवा साम्बाहरुले विभिन्न देवि देवताहरुलाई आ-आफ्नो भागलगाई बखान गर्दछन। जंगली देवता (ताम्भुङ्ना) लेखमा बस्ने शिकारी (तक्सङ्वा) लिम्बू जातिको बसोबास भएको भू-भागबाट उत्तरी उच्च पहाडबाट झरेकी सिरिङ्मा वा मुदेनहाङ्मा साया मुदेन, दक्षिणी भाग तराईबाट आएकी तेन्छामा, कहिले उत्तर दिशातिर भने कहिले दक्षिण दिशातिर खेली घुमी हिड्ने खजमा, पानीमा बस्ने वाजमा, रिस ईर्ष्याका देवता मिसेक, बालिनाली लगाएर अन्नबाली उत्पादनको लागि उचित समयमा आवश्यक अनुसारको घामपानी दिएर बालिनाली राम्रो बनाईदिने थुङ्दाङ्बा (सूर्यदेवता), मातृशक्ती साथै सृष्टिकर्ताका रूपमा प्रकट भएकी ईष्ट देवि युमा साम्माङ, पितृशक्तिको रूपमा प्रकट भएका लिम्बूका आदिपुरुष देवता थेवा साम्माङ, मानिसलाई बस्न बाँस दिने घर हिम साम्माङलाई चासोक तङ्नाममा पूजा गरिन्छ। फेजिकुम फेदाङ्मा साम्बा येवाहरुको साम्जिक मुन्धुम विधि अनुरुप यो चासोक तङ्नाम गरिन्छ। चासोक तङ्नाम लिम्बू जातिले सामुहिक चार्डको रूपमा मानिल्याएको छ। यो चार्डको अवसरमा आफन्त नातेदार सम्पुर्ण ईष्टमित्रहरु सङ्ग भेटघाट भलाकुसारी गर्ने र भरपुर मनोरञ्जन गर्ने गरिन्छ। चासोक तङ्नाम लिम्बू जातिको लागि एक पारिवारिक साथै सामाजिक सद्भावलाई बढाउने र उचाईमा पुर्‍याउने प्रमुख माध्यम पनि बन्दछ। यस चासोक तङ्नामको दिन लिम्बू जातिको मौलिक संस्कार संस्कृति अनुसार विभिन्न सामाजिक र संस्कृतिक गतिविधिहरु हुने गर्दछ। बिगतमा भएका परस्परको घटिया विषयहरुलाई बिर्सेर चासोक तङ्नामको सुनौलो अवसरमा परस्परको आत्मियतालाई थप बलियो सम्बन्ध राख्दै दाजुभाइ दिदिबहिनीले भेटघाट साथै चासोक तङ्नामको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने गर्दछन। यस दिन विभिन्न परिकारको खानाहरु ब्यवस्था गरिएको हुन्छ। भोजनालयमा चाम्रे, याङ्बेन झ्याउ, सिगोले, फिलिङ्गेको अचार, फादोको अचार, कोदोको जाडको तङ्बा, घरायसी तीन पाने रक्सी, बनाएर खाने रमाउने गर्दछन। अतिथिहरुको उच्च सम्मान र सेवासत्कार गर्दछ्न। चेलिबेटीहरु आफैले बनाएको शोभित (हुक्वा) र अन्य विभिन्न प्रकारको कोसेली (चेसुङ) को साथ माईतघर आउने र जाने गर्दछन। युवायुवतीहरु भने सार्वजनिक स्थानमा जमघट भएर लिम्बू जातिको परम्परागत जातिय खेल छेलो हान्ने (पत्लुङ लेप्मा) प्रतियोगितामा भाग लिन्छन् साथसाथै यस दिन माछा मार्ने पनि गर्दछन। लिम्बू जातिको मौलिक साथै सामूहिक नृत्यको रूपमा ढोल नाच (के-लाङ) च्याब्रुङ बजाएर छुई छुई हा सरलाईमा सर भन्दै ढोल नाचको विभिन्न किसिमको फरकफरक ढाचाका ढोल नाच्दछन। साईनो नलाग्ने नाता नपर्ने तरुणतन्नेरिहरु आफ्नो जातियको भेषभूषा सुन्दर गरगहनामा सजिएर तरुनी तन्नेरी बिच हात समातेर एकआपसमा माया पृतिका रोमाञ्चक गितहरुलाई लिम्बू जातिको पालामको शैलीमा सुमधुर आवाजमा मीठो लयका साथ पालाम भन्दै धाननाच (या-लाङ) नाच्दछन। बुढापाका (तुतुगेन तुम्याहाङ ) हरु भने मुन्धुमी साम्लो (गित) हाक्पारे ख्याली आदि गित गाएर मनोरञ्जन गर्दछ्न। साम्बा येवा फेदाङ्माहरुको उपलब्धता अनुसार एक रातको " तङ्सिङ " पनि यो अवसरमा सम्पन्न गर्ने चलन छ। न्वागी पूजा (चासोक तङ्नाम) ले विशेषगरी लिम्बू जातिको संस्कृतिक, सामाजिक र धार्मिक महत्त्व बोकेको हुनाले जनजीवनमा यसको अविछिन्न सम्बन्ध रहिआएको छ। यस चार्डले जातिय पहिचान र संस्कृतिक गौरव बढाएको छ भने सामाजिक सद्भाव साथै एकता र पारस्परिक सहयोगको भावना पनि बढाएको छ। लिम्बू जातिको आदिमकालको परम्परागतरूपमा पूर्खाहरुदेखि मानिपूजी ल्याएको संस्कार संस्कृति बारेमा वर्तमान अवस्थामा निकै खोज अनुसन्धान भई रहेको देखिन्छ। नेपालमा बसोवास गर्ने सम्पुर्ण जातजातिहरुको आ-आफ्नो इतिहास, संस्कार संस्कृति र पहिचानको खोज अनुसन्धान गरेर बलियो इतिहास बनाउनको लागि सबै जातजातिहरुको अग्रणीहरु लागिपर्न जरुरी छ।

२०७५, मङ्सीर २७

Copyright © 2019 Kirat Yakthung Chumlung UK. All Rights Reserved.