Kirat Yakthung Chumlung (UK)

slFft- ofSy'I r'Dn'I o's]

बेलायतमा १2 औँ यलम्बरहाङ् कप सम्पन्न ।

लण्डन, २० अप्रिल ।

khushi Limbu

गत २० अप्रिल २०१९ का दिन लण्डनको फेल्थाममा सम्पन्न १२ औं यलम्बरहाँङ कपको उपाधि किरात याक्थुङ चुम्लुङ बेजिङस्टोक फूटबल टिमले चुमेको छ ।

बेजिङस्टोक टिमले यलम्बरहाँङ रनिङ कप संगै नगद १३ सय पाउण्ड अर्थात नेरु दुईलाख जित्न सफल भएको छ । उपविजेता बन्न सफल मर्करी एफसिले नगद ६ सय पाउण्ड प्राप्त गरयो । विभिन्न ४१ वटा टिम सहभागी खेलमा ४ समुहमा खेल खेलाईएको थियो । मुख्य टिम, भ्याट्रन, सुपर भ्याट्रन र महिला टिम |

भ्याट्रन तर्फ विजेता पोखरा युनाईटेड र उपविजेता बिबिसी एफसी । सुपर भ्याट्रन तर्फ विजेता एफ सि केन्ट सुपर जायण्ट र उपविजेता हाम्सायर एफसि बन्न सफल भयो । महिला तर्फ किरात याक्थुङ चुम्लुङ थरक विजयी बन्यो ।

मुख्य खेल समुहमा १८ टिम मध्ये उत्कृष्ट खेलाडी सुसन मगर र टप स्कोरर इभान गुरुङ बन्न सफल बने । गुरुङले ८ गोल गरेका थिए । किरात याक्थुङ चुम्लुङ युकेले प्रथम किरात राजा यलम्बरको सम्झनामा विगत १२ बर्षदेखि बार्षिक रुपमा आयोजना गर्दै आएको छ । अर्को बर्षको यलम्बरहाँङ कप १८ अप्रिल २०२० हुने बताउनु हुदै सहभागी सम्पूर्ण खेलाडी तथा उपस्थित सबैलाई चुम्लुङ युकेका अध्यक्ष तिल विक्रम सम्बाहाम्फेले धन्यवाद ज्ञापन गर्नुभयो ।

बाह्रौँ यलम्बरहाङ कप फूटबल प्रतियोगिताको सरलीकृत तस्वीर यस्तो रह्यो:

भेटरन र सुपर भेटरन टिम: ११

मेन (युवा) टिम: १८

महिला टिम: २

जम्मा: ४१ टिम सहभागी (सहयोग स्वरूप)

मूख्य टिम (युवा):

बिजेता: के. वाई. सी. बेजिङ्स्टोक टीम

पुरस्कार: १३०० पाउण्ड नगद र शील्ड

ट्रफी प्रायोजन: किराँत याक्थुङ चुम्लुङ (कियाचु) यूके

बेस्ट प्लेयर: सुसन मगर (के. वाइ. सी. बेजिङस्टोक टीम)

ट्रफी प्रायोजन: बम लिम्बु

टप स्कोरर: इभान गुरुङ (एफसी केन्ट: ८ गोल)

ट्रफी प्रायोजन: वीर नर सिंह लिम्बु

उपबिजेता: मर्करी एफसी

पुरस्कार: ६०० नगद र शील्ड

ट्रफी प्रायोजन: खगेन्द्र लावती (पूर्व महासचिब कियाचु यूके)

भेटरन तर्फ:

बिजेता: पोखरा युनाइटेड्

पुरस्कार: ६ सय पाउण्ड नगद र शील्ड

ट्रफी प्रायोजन: मिस्टर तारा कन्दङवा

बेस्ट प्लेयर: सुरेश गुरुङ (बीबीसी एफसी)

ट्रफी प्रायोजन: बद्री योङया

टप स्कोरर: नरेश गुरुङ

ट्रफी प्रायोजन: नर थाम्सुहाङ ए

उपबिजेता: बीबीसी एफसी

पुरस्कार: ३५० नगद र शील्ड

ट्रफी प्रायोजन: याक्थुङ माङगेन्ना चुम्लुङ बेलायत

उपाध्यक्ष १ नगेन्द्र नेम्बाङ

सुपर भेटरनतर्फ:

बिजेता: एफसी केण्ट सुपर जायण्ट

पुरस्कार: ६०० पाउण्ड नगद र शील्ड

ट्रफी प्रायोजन: शेर इङनाम केवाइसी यूके (थरक शाखा) सचिब

बेस्ट प्लेयर: अशोक थापा

ट्रफी प्रायोजन: मेजर दिवान लिम्बु

टप स्कोरर: छबिन्द्र लिम्बु (६ गोल FC Kent )

ट्रफी प्रायोजन: दिल इवाँरम

उपबिजेता: ह्याम्पशायर एफसी

पुरस्कार: ३५० पाउण्ड नगद र शील्ड

ट्रफी प्रायोजन: सूर्य खापुङ

महिलातर्फ:

बिजेता: चुम्लुङ महिला कमिटी (थरक शाखा)

पुरस्कार/ट्रफी प्रायोजन: उपाध्यक्ष १ नगेन्द्र नेम्बाङ

बेस्ट प्लेयर : नबिना, चुम्लुङ महिला कमिटी (थरक शाखा)

ट्रफी प्रायोजन: धन प्रसाद काम्बाङ

टप स्कोरर: इक्शा, चुम्लुङ महिला कमिटी (थरक शाखा)

ट्रफी प्रायोजन: दिपेन्द्र यक्सो

उपबिजेता: थामेन्दिङमा चुम्लुङ

ट्रफी प्रायोजन: गणेश इजम

खेल शुरु: बिहान १० बजे

कार्यक्रम समापन: साँझ ७ बजे

प्रमुख अतिथि:(संस्थापक अध्यक्ष, किराँत याक्थुङ चुम्लुङ यूके)

अतिथिहरुः

Chandra Sundas, अध्यक्ष पाँचथर समाज सेवा यूके

सूर्यमान गुरुङ, अध्यक्ष धरान समाज यूके

राजकुमार राई, उपाध्यक्ष किराँत राई यायोक्खा यूके

उदय बहादुर गुरुङ, अध्यक्ष कोल्चेस्टर नेपाली समाज यूके

सल्लाहकार नरकुमारी लिम्बु

कियाचू यूके पूर्वअध्यक्षहरुः सिरी लिम्बु, बम लिम्बु, डम्मर सिंगक, दिलसिंङ मेन्याङबो ।

प्रतियोगिता संयोजक: नरवीर आङबो

सहसंयोजक: दिपेन्द्र यक्सो

कार्यक्रम सञ्चालक: गणेश इजम + बिस्वासदीप तिगेला

प्रतियोगिताको ओभरअल इन्चार्ज कार्यक्रम अध्यक्षता र समापन: तिलबिक्रम सम्बाहाम्फे (अध्यक्ष कियाचू यूके)

धन्यवाद मन्तब्यः प्रतियोगिता संयोजक नरवीर आङबो, प्रमुख अतिथि खड्क जंग आङबुहाङ

आयोजक: किराँत याक्थुङ चुम्लुङ यूके

 

 

 

 

 

 

 

 

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत  । गत २१ अप्रील २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा किराँत याक्थुङ चुम्लुङको आयोजनामा ११ औँ यलम्बरहाङ् कप सम्पन्न भयो ।

सदाको वर्षहरु जस्तै यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङले आयोजना गरेको यस फुटबल खेलमा मेन टिममा २४ टिम, भेटरेन र सुपर भेटरेनमा ८, ८ टिम र २ महिला टिमहरु गरि ३४ टिमहरुले भाग लिएका थिए ।

उक्त खेलको अध्यक्ष्ता चुम्लुङको् वर्तमान केन्द्रिय अध्यक्ष दिलसिङ्ग मेन्याङ्बोले गरेका थिए, प्रमुख अतिथि जनजाती महासंङ्घ बेलायतका वर्तमान अध्यक्ष जंङ्ग सुनुवार र अतिथिहरुमा याक्खा चुम्बाका वर्तमान अध्यक्ष धन रोघु, पाँचथर समाजका अध्यक्ष चन्द्र सुन्दास अन्य संङ्घ संस्थाका प्रतिनिधिहरु साथै खेलका पुरस्कार प्रायोजकहरु रहनु भएको थियो ।

आयोजक “किरात याक्थुङ् चुम्लुङ” का अध्यक्ष दिलसिङ् मेन्याङ्बोले गोल किक गरेर फुटबल खेलको उद्घाटन गरेपछि ५ वटा खेल मैदानहरुमा मेन टिम, महिला टिम भेटरेन, सुपर भेटरेन र महिला टिमहरुको पहिलो खेल बिहानको १० बजे बाट शुरु भएकोे थियो ।

२३ टिमहरुलाई पछि पार्दै “पि ए एफसी” ले शिल्ड साथै १३ सय पाउण्ड हात पारेको थियो, बेस्ट प्लेयरमा बिसाल तामाङ र ८ गोल गरेर टप स्कोररमा प्रनय गुरुङ् भएका थिए । यस टिमको लागी ट्रफी प्रायोजन याक्थुङ माङ्गेना चुम्लुङ्ले गरेका थियो भने बेस्ट प्लेयर र बेस्ट स्कोररको ट्रफी क्रमश बम बहादुर लिम्बु र दील ईवारमले प्रायोजन गरेका थिए । रनर अप टिम मंगोलियन भान्जाले ६ सय पाउण्ड सहित रनर अपको शिल्ड पाएका थिए । यस टिमको लागी ट्रफी प्रायोजन श्रीप्रसाद लिम्बुले गरेको थियो ।

त्यस्तै भेटरेन तर्फ “ब्रिगेड बाईज” ले शिल्ड सहित ६ सय पाउण्ड हात पारेको थियो । यस टिमको लागी ट्रफी प्रायोजन तिल बिक्रम सम्दाहाङ्फेले गरेको थियो भने बेस्ट प्लेयर र टप स्कोररको ट्रफी क्रमश धन काम्बाङ र गणेश ईजामले प्रायोजन गरेका थिए । रनअप टिम पोखरा युनाईटेड ३५० पाउण्ड सहित रनर अप शिल्ड पाएको थियो । यस टिमको लागी ट्रफी प्रायोजन महेन्द्र लिम्बुले गरेका थियो । भेटरेन तर्फ बेस्ट प्लेयरमा सुरेश गुरुङ् भएका थिए भने ५ गोल हानेर लिल गुरुङ्ग टप स्कोरर भएका थिए ।
सुपर भेटरेनमा सबै टिमहरुलाई जितेर “एफ्सी केन्ट, गोर्खा भेटरेन” ले शिल्ड सहित ६ यस पाउण्ड हात पारेको थियो, यस्का साथै धन गुरुङ बेस्ट प्लेयर भएका थिए । यस टिमका लागी ट्रफी प्रयोजन चित्राज लिम्बुले साथै बेस्ट प्लेयरको ट्रफी बिमला सेनेले गरेको थियो । “युनाईटेड एफ्सी” ले ३५० पाउण्ड सहित रनर अप भएको थियो र यस टिमका लागी लोकेन्द्र तबेबुङले ट्रफी प्रयोजन गरेको थियो । साथै ६ गोल हानेर ओम गुरुङ्ग टप स्कोरर भएका थिए र टप स्कोररको ट्रफी भने बिस्वासदीप तिगेलाले प्रायोजन गरेका थियो । प्रोत्साहन स्वरुप २ महिला टिमहरुले खेलेका खेलमा चुम्लुङ महिला कमिटी बिजयी भएको थियो, साथै सुश्री कृस्टिना मेन्याङ्बो बेस्ट प्लेयर र बेस्ट स्कोरर भएका थिए । यस टिमका लागी दिलसिङ्ग मेन्याङ्बोले ट्रफी प्रायोजन गरेका थिए । रनर अप टिम चुम्लुङ महिला कमिटी थोरोक भएको थियो । रनर अप टिमको लागी भिम बोखिमले ट्रफी प्रायोजन गरेको थियो साथै बेस्ट प्लेयर र टप स्कोररको ट्रफी क्रमश नरबिर आङ्बो र दिपेन्द्र यक्सोले प्रायोजन गरेका थिए ।

चुम्लुङ युकेको निर्देशनमा संसथाका सह–कोषाध्यक्ष दिपेन्द्र यक्सो र उपाध्यक्ष,स-संयोजक  नरबिर आङ्बो कोर्डिनेटरको रुपमा खटिएका थिए । खेल सकेर पुरस्कार बितरण पछि खेल अतिनै भब्यका साथ सफल भएको प्रमुख अतिथि जनजाती महासंङ्घ बेलायतका वर्तमान अध्यक्ष जंङ्ग सुनुवारले बताए पछि केन्द्रिय अध्यक्ष दिलसिङ्ग मेन्याङ्बोले खेल सकिएको औपचारिक घोषणा गरेको थियो ।

बिहान १० बजे बाट शुरु भएर दिउसो साँझ ७ बजे सकिएको उक्त खेललाई सचिव बिश्वासदीप तिगेलाले सञ्चानल गरेका थिए ।

 

Copyright © 2019 Kirat Yakthung Chumlung UK. All Rights Reserved.